पोखरा । पोखरा ३१ गगनगौंडामा संचालित ह्याप्पी किड्स मण्टेसरीले आफ्नो किंडरगार्टेन ग्राजुएसन तथा वार्षिक कार्यक्रम २०८१ सोमबार भव्य रूपमा सम्पन्न गरेको छ। साना नानीहरूको शैक्षिक यात्रा, उपलब्धि र प्रतिभालाई सम्मान गर्न आयोजित यस कार्यक्रममा अभिभावक, शिक्षक, विशिष्ट अतिथि तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
मन्टेश्वरीकै बिद्यार्थीद्वय संस्कृती खांड ठकुरी र प्रत्युस श्रेष्ठले संचालन गरेको कार्यक्रममा सुरुवातमा विद्यालयका नानीहरूले प्रस्तुत गरेको आकर्षक स्वागत नृत्यबाट भएको थियो। त्यसपछि समूह गीत, क्याप एण्ड गाउन समारोह, प्रमाणपत्र तथा ट्रफी वितरणजस्ता विभिन्न प्रस्तुतिहरूले कार्यक्रममा विविधता ल्याएका थिए।
ह्याप्पि किड्स मन्टेश्वरीका प्रिन्सिपल सपना केसीले स्वागत मन्तव्य दिँदै विद्यालयको प्रगति, नीतिगत उद्देश्य र भावी योजनाका बारेमा जानकारी दिइन्। प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूले विद्यालयले बालबालिकाको समग्र विकासमा पुर्याएको योगदानको प्रशंसा गरे।
कार्यक्रममा विद्यार्थीले आफ्ना अनुभव र भावनात्मक सम्झनाहरू सुनाए भने एकजना अभिभावकले विद्यालयप्रतिको आभार प्रकट गर्दै विद्यालयले प्रदान गर्दै आएको आत्मीय शिक्षा र वातावारणप्रति धन्यवाद ज्ञापन गरे। समापनमा संस्थापक अध्यक्ष दिपक ढेवाजुले धन्यवाद ज्ञापन गर्दै विद्यालय परिवारलाई निरन्तर सफलताको शुभकामना व्यक्त गरे।
साना बालबालिकाको आत्मविश्वास, हर्षोल्लास र सशक्त प्रस्तुतीले उपस्थित सम्पूर्ण अभिभावक तथा पाहुनाहरूलाई मन्त्रमुग्ध बनाएको थियो। ह्याप्पी किड्स मण्टेसरीले आगामी दिनहरूमा अझ सिर्जनात्मक र बालमैत्री शैक्षिक गतिविधिहरूका साथ उज्यालो भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







