राष्ट्रिय परीक्षा बोर्डले बोलायो बैठक, कक्षा १२ को परीक्षा मितिबारे टुंगो लाग्ने


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८२ मा प्रकाशित




राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी महत्वपूर्ण निर्णय गर्न आज बैठक बोलाएको छ ।

शिक्षकहरूको जारी आन्दोलनले शिक्षाको वातावरण प्रभावित भइरहेका बेला बोर्डले परीक्षा सञ्चालन गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक डाकेको हो ।

बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनरत छन् ।

यद्यपि, सरकार र महासंघबीच पटकपटक संवाद भएका छन्, तर कुनै ठोस सहमति जुट्न सकेको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।