
पोखरा, बैशाख १६
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले पोखरामा वृहत् जनसभा आयोजना गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीले ‘१३६ औं मई दिवस भब्य रुपमा सफल पारौं, नेपाली विषेशताको समाजवाद प्राप्तिको दिशामा अगाडि बढौं’ भन्ने मुल नाराका साथ पोखराको चिप्लेढुंगामा बृहद जनसभा गर्न लागेको हो । जनासभालाई नेकपाका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक विप्लव सीले सम्बोधन गर्ने जनाइएको छ ।
जनसभाअघि पोखराको पृथ्वीचोकबाट ¥याली निकालिने नेकपाले जनाएको छ । सो ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगास्थित मानवअधिकार चोकमा पुगेर जनसभामा परिणत हुनेछ ।
जनसभामा पछिल्लो विकसित राजनीतिक परिस्थिति, बाह्य हस्तक्षेप तथा चलखेल, देशभित्रै देखिएका पुरातनवादी चिन्तन बोकेका समुहको गणतन्त्र विरुद्धको अराजक अभिव्यक्ति र देश भित्र चुलिदै गएको संकटसँगै जनताको आशा अपेक्षा लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गरिने नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला ईञ्चार्ज आस्था सीले जानकारी दिईन् ।
३ बुँदे सहमति यता देखिएका बामपन्थी चिन्तन र व्यवहारहरुबाट अधिक सचेत रहेका विप्लवले पोखरामा गर्ने सम्बोधनलाई चासोका साथ हेरिएको छ । कार्यक्रमलाई ऐतिहासिक बनाउन नेकपा गण्डकी प्रदेश ईन्चार्ज एवम् स्थायी समिति सदस्य शिलु सी नेतृत्वको टोली गण्डकी प्रदेशको पोखरामा खटिएको श्रोतले जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाहरुबाट पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सहभागी गराइने पार्टीले बताएको छ ।
कार्यक्रममा महासचिव विप्लव सीसँगै स्थायी समिति सदस्य शिलु सी, पोलिट्ब्यूरो सदस्य आजाद सी, आस्था सी लगायतलेपनि सम्बोधन गर्ने नेकपाका प्रदेश कार्यलय स्रोतले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।