
पोखरा–५ प्रस्याङमा रहेको समता शिक्षा निकेतनले शुक्रबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत शुक्रबार नै कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरेको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यस्ता खालका प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक झलकप्रसाद शर्माले बताए ।
वि.सं २०६७ देखि न्युन अनि सबै कक्षाहरुमा समान शुल्क लिएर कक्षा नर्सरीदेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराउँदै आएको छ । शैक्षिक शत्र २०८२ का लागि आरम्भ गरिएको नयाँ भर्ना कार्यक्रममा विद्यार्थी उत्साहजनक रुपमा भर्ना हुन आएको विद्यालयका व्यवस्थापक उमेश रेग्मीले जानकारी गराए ।
गत वर्षमा झै यस वर्ष पनि कक्षा ८ को महानगरस्तरीय परीक्षामा ३.९४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । विगत एस.इ.इ परीक्षामा पनि शतप्रतिशत नतिजा प्रप्त गरेको रेग्मीले बताए ।
संस्कारसहितको शिक्षा आजको अवश्यकता भन्ने अभियानसहित थालिएको विद्यालयमा अनुशासन सहित गुणस्तरीय शिक्षालाई जोड दिइएको छ । यस विद्यालयबाट हरेक वर्ष करिब एक हजार विद्यार्थीले न्युन शुल्कमा अङ्ग्रजी माध्यमबाट पढी आर्थिक लाभ लिइरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।