
पोखरा । पोखरा–१४,काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पस द्धारा समूदाय, विद्यार्थी र अभिभावक लक्षित एक दिने जलवायु परिवर्तन र त्यसले पार्ने प्रभाव सम्बन्धि गोष्ठि क्याम्पस सभाहलमा सम्पन्न भएको छ ।
जलवायु परिवर्तन संगै त्यसले पार्ने असरहरुका बारेमा श्रोत व्यक्ति डा.दिपक गौतमले सबैभन्दा बढी खडेरीको सामना गर्नुपरेको बताए । चट्याङ्ग, आगालागी, भू–क्षय,हावाहुरी, सक्रमण रोग, किराको प्रकोप फैलिएको जस्ता विपदहरु ब्यहोर्न बाध्य रहेको बताए । बन विनाश, बसाईसराई, सवारी साधनमा वृद्धि, औद्योकिकरणका कारण जलवायूमा परीवर्तन आएको , यसको अनुकुलताका लागी मानिसहरुले कृषि उपजमा रासायनिक मलको प्रयोग उच्च रहेको बताए ।
एल.पि.जी ग्यासको सट्टा ईन्डक्सन चुलो, विद्युतीय गाडिको प्रयोग, रुख विरुवाको संरक्षण, बसाईसराईमा सुधार गरेर जलवायु परीवर्तन लाई थोरै भए पनि समुदायले सुधार गर्नसक्ने बताए ।
क्याम्पस प्रमुख विरन्जी गौतम को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कालिका टोल विकास संस्था, भू.पू सैनिक सक्रिय टोल, घुम्ति आमा समुह, जागृति आमा समुह, हवेलीमार्ग टोल विकास संस्था का अध्यक्ष , शिक्षक, कर्मचारी, विद्यार्थीहरुको सहभागिता रहेको थियो । कालिका टोल विकास संस्थाका अध्यक्ष टुक वहादुर गुरुङ्ग द्धारा ब्यानरमा हस्ताक्षर गरेर गोष्ठिको उद्घाटन गरे ।
उनले जलवायु परीवर्तनका बारेमा समुदायलाई सहभागी गराई बुझ्ने अवसर प्रदान गरेकोमा क्याम्पस परीवार प्रति कृतज्ञता प्रकट गरे । हवेली मार्ग टोल विकास संस्थाका अध्यक्ष किरण अधिकारी, घुम्ति आमा समुहकी अध्यक्ष पार्वती मिश्र र कालिका टोलविकास संस्थाका उपाध्यक्ष दिपक रेग्मी ले गोष्ठि सफलताको शुभकामना व्यक्त गरे ।
क्याम्पस प्रमुख विरन्जी गौतमले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै जलवायु परीवर्तनको जोखिमको हिसाबले नेपाल चाँैथो स्थानमा रहेको वताए । जलवायु परीवर्तन मुख्यतया मानविय र प्राकृतिक कारणले हुनेहुँदा पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजन तह मा क्षती कम गर्न प्रत्येक नागरीक सचेत रहनु पर्ने , स्थानीए निकाए र समुदाय विच संयन्त्र विकास गर्नुपर्ने बताउँदै गोष्ठि को उद्देश्य वारे प्रकाश पारे ।
उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै सहायक क्याम्पस प्रमुख सालिकराम तिमिल्सिनाले क्याम्पसले आगामि दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए । उक्त एकदिने गोष्ठिको संचालन तथा मोडरेटरको भूमिका सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्गले गरे भने समापन अतिरीक्त क्रियाकलाप प्रमुख साम्राज्ञी थापाले गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।