
नेपाल टेलिकम दुरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै दुरसञ्चार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा निशुल्क ईन्टरनेट सेवा उपलव्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत ग्रामीण एवम् पिछडिएको क्षेत्रका विद्यार्थीले इन्टरनेटको माध्येमबाट पठनपाठनलाई सहज बनाउन टेलिकमले ५० एमवीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक बर्षसम्मका लागि निःशुल्क उपलव्ध गराएको हो ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयलाई राउटर सहितको फोरजी इन्टरनेट प्याकेज हस्तान्तरण कार्यक्रममा टेलिकम कार्यालय पोखराका कार्यवाहक प्रमुख विकास राज तिमिल्सिनाले उक्त जानकारी दिए ।
कार्यालयबाट हालसम्म सरास्वती मावि स्याङजा, वालमन्दिर मावि गोर्खा, त्रिभुवन मावि सुन्दर बजार लमजुङ, रामशाह मावि आँपुखैरेनी तनहुँ र मुक्तिधाम वृद्धाश्रम सुक्लागण्डकी तनहुँ एवम् वागलुङमा तिन, नवलपुरमा दुई विद्यालयमा निशुल्क सेवा उपलव्ध गराइएको छ ।
नेपाल टेलिकम सरकारी नाफा मुलक संस्था भएको बताउँदै ग्राहक वर्गले स्वदेशी इन्टरनेट प्रयोग गरेर मुलुकको समग्र विकास निर्माण र समृद्धिसंग जोड्नु पर्नेमा उनको जोड थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सेल्समेन दिनेशमणी लामिछाने,, विद्यालयका सल्लाहकार रवि भण्डारी, प्रधानध्यापक अर्जुन कडेल लगायतले प्राविधिक शिक्षा र इन्टरनेटको महत्व माथि प्रकाश पार्नुभएको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।