गण्डकी,३ जेठ
दृश्यम मिडिया प्रालिको दोश्रो बार्षिकोत्सवको अवसरमा जानकी मावि पोखरा १७ महतगौडालाई शैक्षिक एवम खेलकूद सामाग्री वितरण गरेको छ । सो अवसरमा विद्यार्थीको पठनपाठनमा सहयोगी पुस्तिका टेनशेट लगायतका पुस्तक, फुटवल, भलिवल, क्रिकेट व्याड र वल, टेलवटेनिस, टेनिसवल व्याडमिन्टन, पोषाक सहित ६५ हजार मुल्य बरावरका सामाग्री वितरण गरिएको हो ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा दृष्यम मिडिया प्रालिका अध्यक्ष वन्दना कार्की के.सीले उक्त सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ लगायतलाई हस्तान्तरण गरे । सो अवसरमा उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गरि विद्यार्थीको चौतर्फी विकासमा सहयोगी सामाग्री उपलव्ध गराउन पाएकोमा खुशी व्यक्त गर्दै प्रालिकोतर्पmबाट आगामी दिनमा पनि आवश्यक सयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
विद्यार्थीलाई पठनपाठनसंगै अतिरिक्त कृयाकलापमा समावेस गरि उनीहरुको शारिरीक र मानसिक विकासमा समेत सहयोग पुग्ने विश्वासका साथ खेलकूदका सामाग्री वितरण गरिएको उनको भनाई थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य शिवराम भण्डारीले सामुदायिक विद्यालयलाई विभिन्न संघसंस्था एवम शिक्षाक प्रेमी महानुभावबाट हुने सहयोगको पूर्णरुपमा उपयोग हुनु पर्ने आवश्यकता औल्याए ।
प्रधानाध्यापक अर्जुन कडेलले विद्यालयमा हाल तीन सय पचास जना विद्यार्थी अध्ययनरत रहेको र आगामी दिनमा पोखरा महानगरपालिकाको सहयोगमा अटिजम श्रोत केन्द्र समेत सञ्चालन गर्ने तयारी भई रहेको जानकारी दिए ।
कार्यक्रममा दृष्याम मिडियाका सम्पादक विनोद लामिछानेको समेत आजैका दिन परेको जन्मदिनको अवसरमा विद्यालय परिवारबाट टिका र खाँदा लगाएर बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
सो अवसरमा प्रालिका सदस्य एवम् गण्डकी पदेश टेनिससंघका सदस्य प्रान्जल कायस्थले जानकी माविका दुईजना विद्यार्थीलाई निशुल्क टेनिस प्रशिक्षणमा सहभागिता गराउने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका सदस्य एवम् सञ्चारकर्मी हरि बास्तोला, डिलमाया भण्डारी, शिक्षक तुलसी गिरी लगायतले सामुदायिक विद्यालयको अवस्था तथा चुनौतीका बारेमा चर्चा गरे ।
विभिन्न संघसंस्थाको बार्षिकोत्सव तथा व्यक्तिको जन्मदिनमा जानकी विद्यालयलाई अक्षयकोष स्थापना एवम् शैक्षिक र खेलकूद सामाग्री प्रदान गर्ने क्रम बढेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







