पोखरा-१४, चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमीले एस.ई.ई. दिएर बसेका विद्यार्थीहरुको “कास्की मोर्डनाइज्ड प्रतिभा प्रस्तुत” २ दिने कार्यक्रम एक भव्य समारोहका बिचमा सम्पन्न भएको छ ।
कास्की मोडनाइज्ड एकेडेमी पोखरा–१४ ले अन्तर विद्यालय स्तरीय खुल्ला अङ्ग्रेजी निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, १०० मी दौड प्रतियोगिता र छात्रा, छात्र बास्केटबल प्रतियोगिता सम्पन्न गरेको छ । असाार ८,९,१० गते सम्म सञ्चालित उक्त प्रतियोगिता असार ८ गते राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । प्रमुख अतिथिले उक्त कार्यक्रममा हामी प्रतिभावान व्यक्तिको खोजिमा रहेको र यो पूरा गर्न विद्यालयबाट मात्र सम्भव हुने कुरा व्यक्त गरे साथै कास्की मोर्डनाइज्ड एकेडेमी शैक्षिक स्तरको साथ साथमा खेलकुद र अतिरिक्त क्रियाकलापमा प्रदेशमा नै अग्रपंक्तिमा आइसकेको कुरा बताए ।
विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले सभाध्यक्ष्को आसनबाट बोल्दै आजको युगमा विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन जीवन जीउने सीपको आवश्यक पर्ने हुनाले विद्यालयले पढाइका साथमा विद्यार्थीहरुलाई विभिन्न क्षेत्रबाट निखार गरी निकाल्ने कुरामा विद्यालय लागि परेको कुरा व्यक्त गरे । विद्यालयका सह–प्राचार्य तथा कार्यक्रमका संयोजक शिवलाल उपाध्यायले आप्mनो स्वागत मन्तव्यका क्रममा देशका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका खेलाडी तथा कलाकारहरु प्रतियोगीको रुपमा सहभागीता रहेकोमा हामीले एस.ई.ई. दिएका विद्यार्थीलाई ठीक समयमा सही कार्यक्रम राख्न सकेकोमा खुसी व्यक्त गरे । उक्त कार्यक्रममा एन प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी, जिल्ला एथलेटिक्स संघका अध्यक्ष गजबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपाली र बास्केटबल संघ कास्की उपाध्यक्ष प्रेम पुनको उपस्थिति विच सम्पन्न भएको थियो ।
विद्यालयको आप्mनै प्राङ्गण्मा सञ्चालित उक्त कार्यक्रम ८ गते अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिता, १०० मी दौड, बास्केटबलका हिट चरण सम्पन्न भएका थिए । साथै ९ गते नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, गायन प्रतियाोगिता र छात्रा बास्केटबलका फाइनल खेल सम्पन्न भएको थियो । नगद पुरस्कार मात्र रु १५८,०००/- रहेको उक्त त्बभिलत कजयध कार्यक्रम असार १० गते छात्र बास्केटबलको सेमीफाइननल र फाइनलका खेलहरु सम्पन्न भएका थिए ।
कार्यक्रमको समापन समारोहमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख गोविन्द पोखरेलले आपूm धेरै ठाउँमा विद्यालयले आयोजना गरेका कार्यक्रममा गएको तर यस्तो व्यवस्थित तरिकाले कार्यक्रम सञ्चालन र व्यवस्थापन गरेकोमा आपूmले धेरै कुरा सिकेको र अरुले पनि अनुसरण गर्नु पर्ने प्रशस्तै कुराहरु रहेको बतताउँदै विद्यालको प्रगतिलाई प्रशंसा गरे । सभाध्यक्षको आसनबाट बोल्दै विद्यालयका संस्थापक प्राचार्य रामबहदुर मोचीले एस.ई.ई दिएर बसेका विद्यार्थीहरुको पनि राम्रो प्रतिभाहरु प्रस्तुत गर्न पाउने कार्यक्रमहरु आयोजना गर्न पाउदा खुसी व्यब्त गरे ।
कार्यक्रममा विजेता विद्यार्थीहरुलाई विशेष बधाई दिदै कार्यक्रममा अहोरात्र खट्नु हुने कार्यक्रम संयोजक देखि सबैलाई धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा एन प्याब्सनका सचिव प्रेमराज अधिकारी, पोखरा महानगर पालिकाका शाखा अधिकृत कष्णराज भण्डारी, वि.व्य.स.सदस्य डम्बर गुरुङ, वि.व्य.स.स. सिर्जना पौडेलको विशेष उपस्थीती थियो । उक्त कार्यक्रममा विजेता विद्यार्थीहरुलाई नगद, मेडल, ट्रफी, प्रशंसापत्र वितण गर्नुका साथै विजेता विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्तिको कार्यक्रम घोषणा समेत गरिएको थियो ।
विद्यालयका सह–प्राचार्य एवं कार्यक्रम संयोजक शिवलाल उपाध्यायले कार्यक्रम सफल पार्न सहयोग गर्ने रेफ्री, निर्णायक, तथा अतिरिक्त क्रियाकलाप प्रमुख, विभिन्न विद्यालय र प्रतियोगी विद्यार्थीहरु सिङ्गो विद्यालयपरिवार सबै सबै प्रति धन्यवाद ज्ञापन गरे । उक्त दुवै कार्यक्रमको सञ्चालन पत्रकार अनुराग अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







