ल्याङ्वेज एशोसियसन अफ नेपाल (ल्यान) को आयोजनामा सोमबार जापानिज साँस्कृतिक पर्व ‘तानाबाता’ मनाइएको छ । जापान जान चाहने विद्यार्थीलाई त्यहाँकाे साँस्कृतिक पर्व ‘तानाबाता’ बारे जानकारी दिने उदेश्यले पर्व मनाइएको ल्यानका अध्यक्ष सृजन भान्साकार्यले जानकारी दिए ।

जुलाई ७ का दिन मनाइने ‘तानाबाता (ताराको पर्व) जापानको एक सांस्कृतिक पर्व भएको उनले बताए । यो पर्वका बारेमा विभिन्न किम्वदन्ती तथा कथाहरु रहेको र यसलाई मनाउने तरिका पनि फरक/फरक) रहेको उनले जानकारी दिए। यस पर्वमा हरियो निगालोकाे हाँगाहरूमा रंगीचङ्गी कागजहरूमा आफ्नो मनोकामना लेखेर झुण्ड्याउने चलन रहेको उनको भनाई छ।
करीब १२०० जना सहभागि कार्यक्रममा उनीहरूले ओरीगामीका बारेमा सिक्ने अवसर पाए। साथै जापानिज पोषाक लगाउने, फोटो खिच्ने, तथा जापनिज खाना ‘सुसी’ को स्वाद लिन पाए। ल्यानका महासचिव बालकृष्ण शर्माले कार्यक्रमबाट जापान जान चाहने विद्यार्थी लाभान्वित भएको बताए ।
कार्यक्रम संयोजक प्रकाश कुमार श्रेष्ठले कार्यक्रमबाट विद्यार्थीले जापानी संस्कृति बुझ्ने र सिक्ने मौका पाएको बताए ।
ल्यानका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको कार्यक्रममा एसिया जापानिज एकेडेमीकानिर्देशक प्रो. धर्मराज अधिकारी, फेकन गण्डकीका अध्यक्ष सुजन बहादुर बस्नेत, ईक्यान कास्कीका अध्यक्ष ओम प्रकाश गैह्रे लगायतले बाेलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






