पोखरा ९ नयाँबजारबाट हराएका एक बालक दुई सातासम्म भेटिएनन


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०८२ मा प्रकाशित




पोखरा ९ नयाँबजार बाट हराएका एक बालक दुई सातासम्म भेटिएका छैनन् ।

मकवानपुर हेटौडा स्थायी घर भई हाल पोखरा ९ नयाँबजार बाट हराएका १३ वर्षीय कुशाङ लामा यहि भदौ ५ गते देखि बेपत्ता छन ।

स्कुलबाट आएर साथीको बर्थडेमा जान्छु भनि घरमा कोही कसैलाई नसोधि आफुखुशी घरबाट हिडेको र हालसम्म घर नआएको हुँदा कसैले देखेको भए वा फेला पार्नु हुने महानुभावहरुले आफन्तको फोन न ९८२४१५४०५७ मा जानकारी गराईदिन हुन अनुरोध गरिन्छ ।

प्रहरीले भने उनको खोजी भइरहेको जनाएको छ । वेपत्ता बालकलाई कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।