सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०८२ मा प्रकाशित




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो ।

विभिन्न परिस्थितिका कारण मंगलबारदेखि रोकिएका उडानलाई बुधवार दिउसो बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्राका लागि विमानस्थल पुग्ने यात्रुले आफ्ना सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र आधिकारिक टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थल आउन आग्रह गरेको छ । यसैगरी, यात्रुले अत्यावश्यक अवस्थामा मात्र विमानस्थलमा उपस्थित हुन र अनावश्यक भिडभाड नगर्न समेत अनुरोध गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।