सन्देश श्रेष्ठ
पोखरा, असोज २
कास्कीका प्रहरी प्रमुख फेरिएका छन् । सरकारले प्रहरीका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको व्यापक सरुवा गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख पनि फेरिएका हुन् । सरकारले बुधबार ४८ जना एसपी र ९० जना डिएसपीहरुको सरुवा गरेको थियो । जसमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीया पनि परेका छन् । उनलाई कास्कीबाट केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखा लाजिम्पाट सरुवा गरिएको छ ।

एसपी ओलीयाको ठाउँमा नवीन कार्की आएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रानीपोखरीमा कार्यरत उनलाई कास्की सरुवा गरी पठाइएको हो । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीमा पनि आक्रमण भएको थियो । जसका कारण कास्की प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भई क्षेती पुगेको छ । यद्वपी अहिले सरसफाई गरि बचेको संरचनामा विभिन्न संघसंस्थाको सहयोगमा प्रहरीले सेवा दिन शुरु गरिसकेको छ । यस विषम परिस्थितिमा कास्की प्रहरीको नेतृत्व सम्हाल्न आएका एसपी कार्कीलाई जिर्ण संरचनामा बसेर जनताको शान्ति सुरक्षा, अमनचयन कायम गर्नू, नेपालीको महान चाँडहरु बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व नजिकिदा सुरक्षा व्यवस्था चुस्त बनाई सम्भावित दुर्घटना, चोरी, लुटपाट हुनबाट जोगाउँदै कास्की प्रहरीका लागि नया कार्यालय भवन बनाउनु चुनौतिका रुपमा हुनेछन् ।
जेनजी आन्दोलनपश्चात प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले शान्ति सुरक्षा, अमनचयन कायम गर्नका लागि आवश्यक कदम चाल्दै प्रहरीका अधिकृतहरुको व्यापक सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीलाई सरुवा गरेर बाँके पठाएका छन् । मोरङमा कवित कटुवाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन् ।
नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाल डोटी, युवराज खड्का पूर्वी नवलपरासी, सन्तोष आचार्य कपिलवस्तु, पर्सामा सुदीपराज पाठक, भक्तपुरमा सूर्यबहादुर खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई सरुवा गरिएको पनि जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







