नेकपा एमालेका नेता खगराज अधिकारीले पार्टी अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा एमाले कार्यकर्ताहरूले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन् ।
नेकपा एमाले पोखरा महानगरपालिका कमिटीेले आज आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले केपी ओलीलाई गिरफ्तार गर्यो भने कास्कीले सबभन्दा ठूलो जुलुश निकाल्ने र कास्कीले जिम्मा लिने दावी गरे ।उनले भने, ‘भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो, गोविन्द गौतमले रगत बगाएको ठाउँ हो । धेरै शहीदहरुले हाम्रा झपेन्द्र कार्की, ऋषि परियारहरुले रगत बगाएको ठाउँमा र हिजो हिंसात्मक गतिविधि गरेर एमाले सिध्याउँछ भन्दा खेरि पनि जबर्जस्त थियो ठाउँ हो,’ अधिकारीले भने ।
गन्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेता अधिकारीले अबदेखि कुनै पनि राजकीय पदको दाबी नगर्ने घोषणा समेत गरे।उनले ‘राजकीय जिम्मेवारीमा अप्ठेरो बेलामा काँध थाप्न तयार छु । सजिलो बेलामा राजकीय जिम्मेवारी मैले पाउनुपर्छ भनेर म कहिले पनि गर्दिन घोषणा गर्न चाहन्छु,’ अधिकारीले भने । उनले आफू पार्टी सदस्यता सुरुमा दिने बेलाको पार्टी सचिव भएकोले सबै कार्यकर्ताले आफूलाई माया गर्ने र कोही पनि पक्ष वा विपक्षमा नरहेको दाबी गरे । उनले पार्टीभित्र आफ्नो कुनै समूह बनाउन नलाग्ने संकेत गरे । अधिकारीले पार्टीलाई सुदृढ गर्नका लागि आफूले जस्तोसुकै निर्णय शिरोधार्य गर्ने प्रतिबद्धता जनाए । ‘अब तीनवटा प्रतिनिधिसभा, चारवटा प्रदेशसभा जो जितियो, त्यो तहको भन्दा बढी विजयश्री हासिल गर्ने पार्टी बुझाउन अब आका साथीहरुलाई बुझाउन मैले के गर्नु पर्ने हो, त्यो कुरा सामु गरेको निर्णय शिरोले गर्ने कुरा पनि म तपाईंलाई बताउन चाहन्छु,’ उनले भने ।
उनले देशलाई धुजाधुजा पार्न खोज्ने शक्तिहरू सक्रिय रहेको भन्दै एमालेका कार्यकर्ताहरू यस्ता षड्यन्त्रको मतियार बन्न नहुनेमा जोड दिए ।पछिल्लो राजनीतिक घटनाक्रममाथि छलफल गर्न एमाले पोखरा नगर कमिटीले कार्यकर्ताहरुको भेला आयोजना गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अबिरल बर्षापछि आएको पहिरोमा परी बागलुङ र पाल्पामा ६ जनाको मृत्यु भएको…







