पोखरामा विज्ञ नक्साकंन सहित प्रशिक्षक प्रशिक्षण तालिम


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०८२ मा प्रकाशित




गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान,पोखराको आयोजनामा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा संचालन भएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,जावलाखेल,ललितपुरको सहकार्यमा सोमबारसम्म संचालन हुने तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गाउँ गाउँमा प्रयोगात्मक ढङ्गले समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले २०७५ सालदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्तरमा तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गरेका थिए।

३२ जना सहभागि तालिममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विनोदकुमार विष्ट लगायतले सहजीकरण गरिरहेकोको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा प्रशिक्षण आवश्यकता मूल्याङ्कन, पाठ्यक्रम डिजाइन, सत्र उद्देश्य निर्धारण, प्रशिक्षण विधिको छनोट, प्रस्तुतीकरण सीप, प्रशिक्षण व्यवस्थापन, सहभागितामूलक सिकाइ र समन्वयका विविध पक्षहरु समेटिएका छन् । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन तालिम संयोजक एवम् निर्देशक लक्ष्मण तिमिल्सिनाले गरेका थिए।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश तथा स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि र नियुक्त पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि कार्य गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।