पोखरा-१७ फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८२ मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।

पोखरा-१७ स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । शैक्षिक भ्रमणका लागि पोखरा आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो मृत्यु भएको हो ।

कालिकोट स्थायी घर भएका देवकोटा परिवारसँग ललितपुर महानगरपालिका-१८ भैंसेपाटीमा बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फुस्रेखोलामा पौडी खेल्न गएका देवकोटा अचानक डुबेर अशक्त भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको कास्की प्रहरी जानाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।