स्वास्थ्य अवस्थाका कारण क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका मोहन वैद्य किरणले महासचिव पद छाडेका छन् ।
८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै, महासचिव पदबाट स्वैच्छिक राजीनामा दिएका हुन् । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ । ‘किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ । उहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ,’ गजुरेलले भने । पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा– माओवादी’ बनेको थियो ।
२०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।यसैबिच महासचिव गजुरेलले बर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर देशभक्त क्रान्तिकारीहरूको सरकार बनाउनुपर्ने बताएका छन् । सरकारले राष्ट्रियताको रक्षा र जनजीविकाको सवालमा कुनै नयाँ काम गर्न नसक्ने स्पष्ट पार्दै,उनले अहिलेको परिस्थितिमा चुनाव नहुने पनि बताए ।
महासचिव गजुरेलले माओवादी केन्द्रसँग पार्टी एकता त के कार्यगत एकता पनि नहुने दावी गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







