फ्रान्सबाट पोखरा आएका पर्यटकलाई पर्यटकीय गाउँ कुरेचौरमा स्वागत गरिएको छ।
प्लास्टिक मुक्त वातावरण सरसफाई कार्यक्रममा सहभागी हुन आएका उनीहरुलाई पोखरा १६, कुरेचौरका स्थानीयबासीले भजन कीर्तन सहित स्वागत गरेका हुन्।कुरेचौर घर भई फ्रान्समा व्यवसाय गर्दै आएका राधाकृष्ण आचार्यको नेतृत्वमा आएको टोलीले त्यस क्षेत्रको अवलोकन गरी, वातावरणीय सरसफाईका बारेमा भईरहेका गतिविधिको जानकारी लिएको सफाई अभियन्ता श्यामसुन्दर आचार्यले जानकारी दिए।
युवा व्यवसायी राधाकृष्ण आचार्यले आफ्नो जन्मभूमिमा भएको विकास निर्माण र वातावरणीय सरसफाईको प्रगतिप्रति खुसी व्यक्त गरे । फ्रान्सेली टोलीले सो अवसरमा आर्थिक सहयोग समेत प्रदान गरे । माउण्टेन प्याथ टुर्स एण्ड ट्राभलमा आवद्ध उनीहरुले स्थानीय स्वाभिमान टोल विकास संस्थालाई नगद ८० हजार सहयोग गरेका हुन्। सो रकम टोलको वातावरणीय सरसफाईमा लगाईने बताईएको छ।
सो कार्यक्रमको संयोजन स्वाभिमान टोल विकास संस्थाले गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







