प्रधानमन्त्रीको पर्व परिवारमै सिमित


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०८२ मा प्रकाशित




प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष परिवारमै सीमित रहेर पर्व मनाएकी छन्।

बडादशैंमा टीका नलगाएकी उनले तिहारमा पनि टीका लगाईनन् ।प्रधानमन्त्रीज्यूको आज कुनै सार्वजनिक कार्यक्रम छैन,ु प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले भने, ुउहाँको आज टीका पनि छैन। प्रधानमन्त्री कार्की आज बाहिर कुनै पनि समारोहमा सरिक नभएको सचिवालयले जनाएको छ ।।

जेनजी युवाहरूको एक समूहले प्रधानमन्त्रीको उपस्थितिमा दीप प्रज्ज्वलन सहितको कार्यक्रम रहेको भन्दै सामाजिक सञ्जालमा प्रचार सुरू गरेपछि प्रधानमन्त्री सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको थियो। प्रधानमन्त्रीसँग त्यस्तो कार्यक्रममा उपस्थितिबारे कुराकानीसम्म नभएको सचिवालयले जनाएको छ।

सामाजिक सञ्जालमा जेनजी नामको एक समूहले प्रधानमन्त्रीको उपस्थितिमा सहिद परिवार र आन्दोलनका घाइतेले बिहीबार माइतीघर मण्डलमा दीप प्रज्ज्वलन सहितको कार्यक्रम राखेको भन्दै प्रचार गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।