पोखरा | पूर्व ब्रिटिश गोर्खा सैनिक मुछेत्र गुरुङले सन् २०१९ मा बेलायतको दुई दशक लामो बसाइ अन्त्य गर्दै स्वदेश फर्किएर पोखरा–बेगनास माझिकुनामा सानो रिसोर्ट र रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। आफ्नै गाउँघरमा रोजगारी सिर्जना गर्ने र स्वदेशमै योगदान पुर्याउने लक्ष्यका साथ सुरु गरिएको व्यवसाय पछिल्लो समय जेनजी आन्दोलनका क्रममा झुट्टा प्रचार र गलत बुझाइका कारण भ्रम र त्रास सिर्जना गरेकोमा दु:ख ब्यक्त गरेको छन् ।
शुक्रबार सामाजिक सन्जाल फेसबुकमा भाबुक स्टाटस लेख्दै गुरुङले गत भदौ २४ गते राति “उनको बेगनास अक्वा पार्क रिसोर्टमा पृथ्वीसुब्बा गुरुङको लगानी रहेको” भन्ने झुट्टा हल्ला फैलाई केही समूह आक्रोशित हुँदै तोडफोड र आगजनीको तयारीमा पुगेका थिए। गुरुङका अनुसार अन्तिम समयमा सो घटना रोक्न माझिकुनाका स्थानीय होटल व्यवसायी, आफ्नो छोरा र विश्व पौडेलले सम्झाई बुझाई जिम्मा लिएपछि स्थिति सामान्य बनेको थियो ।
गुरुङले लेखेका छन्, “हामीले अन्तिम समयमा थाहा पायौँ कि केही व्यक्तिहरू आगजनीका लागि आइरहेका छन्। विश्व पौडेलले सबैलाई सम्झाइ बुझाइ गरेपछि मात्र स्थिति सामान्य भयो।”
उनका अनुसार, व्यवसाय सुरु गरेपछि प्रतिस्पर्धा र असन्तुष्ट व्यक्तिहरूको कारण विभिन्न माध्यममार्फत गलत समाचारहरू फैलाउने प्रयास भइरहेको छ। “धेरैले सोचे मैले नेपाल फर्केर धेरै राम्रो काम गरें । तर वास्तबिकता ठ्याक्कै फरक छ ।” ब्यबसायी साथीहरु नै रिसाउने, मिडियामा झुट्टा कुरा चलाउने क्रमले निकै निराश बनाएको छ,” उनले बताए।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अफवाहका कारण झण्डै शिकार भएका गुरुङले आफ्नो व्यवसायमा कुनै नेताको वा राजनीतिक व्यक्तिको लगानी नरहेको स्पष्ट पार्दै भने, “मेरो साझेदार पोखराका कन्चन क्यापिटल ग्रुपका व्यवसायीहरू हुन्, त्यस बाहेक कुनै नेताको लगानी छैन ।”
नेपाल फर्किएर ६ वर्ष बिताइसकेका गुरुङ यि बिबिध उतारचढावका वाबजुद पनि अझै पनि आफ्नो निर्णयप्रति दृढ छन्। “म नेपालमै केही गर्न चाहन्छु, आफ्नै माटोमा नेपाली युवालाई रोजगारी सिर्जना गर्ने सपना पुरा गर्नेछु,” उनले भने।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







