बाझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटनमा आगामी बुधबार उक्त फेष्ट हुने भएको हो ।
खेलकुद र सामाजिक कार्यमा क्रियाशिल बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष हितमान गुरुङले जानकारी दिए ।
कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले जानकारी दिए । उनका अनुसार सांगीतिक साँझमा दि लोकल्स, ड्रिमर्ज, शैलु राई लगायतको प्रस्तुती रहनेछ । उक्त कार्यक्रमका लागि टिकट शुल्क प्रि—सेल एक हजार र डोर—सेल एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
उक्त कार्यक्रमका लागि बाझापाटन (बि १३) हङकङ, युके, युएसए, फ्रान्स, पोर्चुगल, युएई, क्रोशिया, पोल्याण्ड, मकाउ र जापानको सहयोग रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लम्जुङ–पोखरा सम्पर्क समितिको ३३ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ…






