पोखरा, कात्तिक १३
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र यूएईबीचको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ । नेपालले ४ ओभरमा २३ रन जोड्दा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल १२ बलमा केवल ७ रन जोडेर आउट भए ।
भुर्तेलको ठाउँमा भीम सार्की अहिले मैदानमा आएका छन् । उनले अब ओपनर आसिफ सेखसँग साझेदारी गर्नेछन् । भुर्तेल यसअघि अमेरिकासँगको खेलमा शून्य रनमा पेभेलियन फर्किएका थिए ।
केहिबेर अघि शुरु भएको खेलमा नेपालले टस जितेर व्याटिङ रोजेको थियो । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर व्याटिङ रोजेको हो ।
नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन २० गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा चरम लापरवाही भएको…





