नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित




नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईको जानकारी दिए । के कारणले राजीनामा दिएका भन्ने विषयमा पछि जानकारी गराउने उनले बताए । आठ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्र्तराष्ट्रिय खेल खेलेको थियो ।

जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।