नेपाल र युएईबीचको खेल : भीम सार्की पनि आउट


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित




गुगल फोटो

पोखरा, कात्तिक १३

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र यूएईबीचको खेलमा नेपालले दोस्रो विकेट पनि गुमाएको छ । नेपालले ७.३ ओभरमा २६ रन जोड्दा दोस्रो विकेटको रुपमा भीम सार्कीलाई गुमाएको हो । पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई २३ रनमा गुमाएको नेपालले थप ३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो । सार्की १३ बलमा ३ रन बनाएर पेभेलियन फर्किए । अब ओपनर आसिफ सेखसँग साझेदारी गर्न कप्तान रोहित पौडेल मैदानमा आएका छन् ।

आजको खेलमा भुर्तेल १२ बलमा २ रन जोडेर आउट भएका थिए । भुर्तेल यसअघि अमेरिकासँगको पहिलो खेलमा शून्य रनमा पेभेलियन फर्किएका थिए ।

केहिबेर अघि शुरु भएको खेलमा नेपालले टस जितेर व्याटिङ रोजेको थियो । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर व्याटिङ रोजेको हो ।

नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।