रोहितको सतक मद्दतमा नेपालले दियो युएईलाई २३४ रनको लक्ष्य


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित




पोखरा, कात्तिक १२

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भइरहेको खेलमा नेपालले नेपाल यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले कप्तान रोहित पौडेलको सतक मद्दतमा युएईलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेल एक्लैले १३० रनमा १०९ रन बनाए ।

नेपालका लागि अन्य खेलाडीले भने उल्लेख्य खेल प्रस्तुत गर्न सकेनन् ।

दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा केहिबेर पछि दोस्रो ईनिङमा घरेलु टोली युएईले जवाफी व्याटिङ गर्नेछ ।

नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।