सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १३
आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित नेपाल आज भएको दोस्रो खेलमा अंक तालिकाको पुछारमा रहेको युएईसँग ५ विकेटले पराजित भएको हो ।
टस जितेर पहिलो व्याटिङ गरेको नेपालले युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालको कप्तान रोहित पौडेलको शतक मद्दतमा नेपालले २३३ रन बनाएको हो । मध्य लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले हारेको थियो । १८ औं खेलमा नेपालको यो ११ औं हार हो । नेपाल १२ अंक सहित सातौं स्थानमा छ । पुछारमा रहेको युएईको चौथो जित हो । उसले ८ अंक बनाएको छ । अब नेपालले शनिबार शीर्षस्थानको अमेरिकासँग खेल्नेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






