कास्की प्रहरीले पोखराबाट ठुलो मात्रामा अबैध लागू औषधसहित दुई जना युवा पक्राउ परेका छन्।
पोखरा- १७ छोरेपाटनबाट अबैध लागू औषध बिक्रि वितरण गरिरहेको अवस्थामा ठुलो मात्रामा लागू औषधसहित दुई जना युवा पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा पोखरा १२ बस्ने वर्ष २२ को राहुल घले र पोखरा १८ बस्ने वर्ष ३१ को सुदिप विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुको साथबाट डाईजापाम– एकसय ४९ एम्पुल, फेनारगन– एकसय ४७ एम्पुल, नुर्फिन– एकसय ४७ एम्पुल गरी कुल चारसय ४३ एम्पुल लागू औषध र दुई थान मोबाईल बरामद गरिएको प्रहरीले दाबी गरेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







