नेपाली कांग्रेसको संस्थापन समूहको भेला काठमाण्डौंमा जारी छ।
काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा जारी संस्थापन समूहका केन्द्रीय समितिको भेलामा कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले महाधिबेशनका विषयमा छलफल गरिरहेका छन् ।उक्त समूहले पार्टीको १५औं महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ। भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् ।
केन्द्रीय सदस्य भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफलमा रहेको जानकारी दिए ।यसअघि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूहले कांग्रेसका नेता डा। शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरिसकेको छ ।
कांग्रेसभित्र तत्काल महाधिवेशनको मिति तोक्ने या नतोक्ने भन्नेमा विवाद चर्किँदो छ। यही विवादका कारण केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






