आइसीसी विश्वकप क्रिकेट लिग-२ : यूएईबिरुद्द नेपालले पहिलो व्याटिङ गर्दै


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०८२ मा प्रकाशित




तस्बिरः क्यान

पोखरा, कात्तिक १९

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने खेलमा नेपालले पहिलो व्याटिङ गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुने खेलमा घरेलु टोली युएईले टस जितेर पहिलो बलिङ रोजेपछि नेपालले पहिलो व्याटिङ गर्ने भएको हो । खेल नेपाली समय अनुसार पूर्वाह्न ११ः१५ बजे शुरु हुनेछ ।

जारी प्रतियोगितामा तेस्रो खेल खेल्न लागेको नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । तीन वटै खेलमा नेपाल पराजित भइसकेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।