पोखरा ।
पोखरा ४ मा अवस्थित कुमुदिनी होम्स माविका विद्यार्थीहरूले बुधबार फेवातालको किनारमा रहेको फुटपाथमा सरसफाइ गरेका छन् । सन् १९५६ मा बेलायतका राजकुमार फिलिप ड्युक अफ एडिनब्राले स्थापना गरेर हाल विश्वका विभिन्न देशका विद्यालयहरूमा सञ्चालन भएको
ड्युक अफ एडिनब्राज इन्टरनेशनल अवार्ड कार्यक्रम अन्तर्गत रहेर हरेक वर्ष विभिन्न चरणमा गरिदै आएको सामाजिक कार्य अन्तर्गत विद्यालयका विद्यार्थीले बुधबार फेवाताल किनारमा सरसफाई गरेको हो ।
युवाहरूमा आत्मविश्वास, नेतृत्व विकास र समाज सेवाप्रति योगदान गर्न सक्ने उदेश्य राखी स्वयं सेवा, शारीरिक गतिविधि, सीप र साहसिक यात्रा गरी चार चरणका कार्यक्रम हरेक वर्ष विद्यालयले सञ्चालन गर्दै आएको र उक्त सरसफाइ कार्यक्रम स्वयं सेवा चरण अन्तर्गत रहेर गरिएको कुरा कार्यक्रम संयोजक शिक्षक अभिशेक विश्वकर्माले जानकारी दिए । त्यस्तै ब्रोन्ज अवार्डका विद्यार्थीहरू कक्षा ९ का ११ जना छात्र र ५ जना छात्रा सहभागी भएको नेतृत्व कर्ता शिक्षक आशिष गुरुङले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






