प्रतिभा माविमा सिपिएसको दुई वर्षे अवधी सफलतापूर्वक कार्यान्वयन : शिक्षिकाहरु दीक्षित


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८२ मा प्रकाशित




पोखरा, कात्तिक २१

पोखरा नदीपुरमा रहेको प्रतिभा माविले कम्प्लिट प्रि स्कुल सिस्टम (सिपिएस)को दुई वर्षे अवधी सफलतापूर्वक कार्यान्वयन गरेको छ । लावण्य इन्टरनेशनल प्रा.लिको सहकार्यमा प्रतिभाले दुई वर्षअघि शुरु गरेको सिपिएस कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको हो । कक्षा नर्सदेखि यूकेजी सम्मका विद्यार्थी लक्षित सो दुई वर्षे सिपिएस कार्यक्रम सफलतापूर्वक कार्यान्वयन भएपछि शुक्रबार त्यसमा संलग्न १४ जना शिक्षिकाहरुलाई विद्यालयले दीक्षित गरेको छ । विद्यालयमा एक औपचारिक दीक्षान्त समारोह गरेर शिक्षिकाहरुलाई सामुहिक रुपमा दीक्षित गरि प्रमाण पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले सिपिएस÷सिपिआरएस कार्यक्रमले विद्यालयमा विद्यार्थी–केन्द्रित शिक्षा लागू भएको बताए । सिपिएस पद्वतीमार्फत शिक्षकहरूले केवल पाठ सुनाउने नभई विद्यार्थीलाई सोच्न, प्रश्न गर्न र आफ्नै अनुभवबाट सिक्न प्रेरित गरिरहेको उनले बताए । उनले भने–‘यस पद्दतीले कक्षा कोठालाई पुस्तक मात्रमा सीमित नराखी, विद्यार्थीहरूलाई विभिन्न गतिविधि, परियोजना र अनुभवमार्फत सिक्ने अवसर दिएको छ।’ यसले विद्यार्थीहरुको आत्मविश्वास र जिज्ञासा दुवै बढाएको उनले दाबी गरे ।

लावण्य इन्टरनेशनल पोखरा इञ्चार्ज सम्झना रेग्मीले सिपिएस सिकाई पद्दतीले शिक्षिकाहरूलाई नयाँ सीप सिक्न र प्रभावकारी शिक्षण अभ्यास अप्नाउन मद्दत पूगेको बताईन् ।

मन्टेश्वरी ब्लक को–अर्डिनेटर निर्मला सुवेदीले प्रतिभा माविमा नर्सरीदेखि कक्षा १ सम्म सिपिएस÷सिपिआरएस कार्यान्वयनमार्फत शिक्षकहरूमा रचनात्मकता र सक्रियता थप्नुका साथै विद्यार्थी पनि बढी भन्दा बढी लाभान्वित भएको बताईन् । उनले नर्सरीदेखि युकेजीसम्म सिपिएस कार्यक्रम पूरा भएको तथा कक्षा एकमा भने सिपिआरएस कार्यक्रम जारी रहेकाले अर्काे वर्ष पूरा हुने जानकारी दिईन् ।

सहप्राध्यापक प्रदीप खनालले स्वागत मन्तव्य राख्दै सिपिएस÷सिपिआरएस कार्यक्रम सफल बनाउन संलग्न सबै शिक्षक र प्रशिक्षकहरूको योगदानको प्रशंसा गरे ।

सिपिएस कार्यक्रम देशका १५० विद्यालयमा फैलिएको छ र पोखरामा ४० भन्दा बढी विद्यालयमा सिपिएस अभ्यास भइरहेको बताईन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।