दशनामी समाज कास्कीको साधारण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८२ मा प्रकाशित




पोखरा, कात्तिक २९

नेपाल दशनामी समाज जिल्ला कार्यसमिति कास्कीले १२ औँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरीले गरे ।

उनले साधारण सभाको उद्घाटनपछि बोल्दै दशनामी समाजको हकहितका लागि सबै एकताबद्ध भएर अगाडी बढनुपर्नेमा जोड दिए । उनले दशनामी समाजका लागि हुने सकरात्मक कार्यलाई सबैले साथ दिनुपर्ने बताउदै अब हुने केन्द्रीय महाधिवेशनबाट कास्कीले नेतृत्व लिनका पहल गर्नुपर्नेमा जोड दिए । उनले महाधिवेशन पोखरामा गर्न कास्कीले निर्णय गर्नसके नेतृत्वका लागि सहज हुने बताए ।

नेपाल दशनामी समाजका केन्द्रीय महिला उपाध्यक्ष सरस्वती गिरीले दशनामी बन्धुहरुवीच एकता हुनुपर्ने बताउदै कास्कीलाई केन्द्रीय नेतृत्व छाड्नका लागि आफु सहयोग गर्न तयार रहेको बताइन् । उद्घाटन कार्यक्रममा गण्डकी विश्वविद्यालयका डिन हिमराज गिरी, विश्व हिन्दु परिषद्का राष्ट्रिय अध्यक्ष शंकर खराल, दशनामी समाजका केन्द्रीय सल्लाहाकार सदस्य गोपाल गिरी, दशनामी समाज कास्कीका अध्यक्ष भरत गिरी, दशनामी महिला समिति कास्कीका अध्यक्ष सपना गिरी लगायतले दशनामीका विषयमा बोलेका थिए ।

साधारण सभाले सचिव बोधराज गिरीले सभा पेश गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुनिता गिरीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गदै सधारण सभा सम्पन्न भएको छ । साधारणसभा नेपाल दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा भएको थियो भने संचालन सचिव बोधराज गिरीले गरेका थिए


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।