पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०८२ मा प्रकाशित




कास्कीका पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन भएको छ ।

गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ । उनको आजै घाचोकको रातोपानी घाटमा अन्त्यष्टी गरिएको छ । उनको पार्थिव शरिरमा भाई बिष्णु दवाडीले दागबत्ती दिएका थिए । स्वर्गीय दवाडीका श्रीमती सरीता, छोरा रोशन र छोरी संगीता छन् । छोरा रोशन र छोरी संगीता भने अमेरिकामा छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका घाचोकमा वि.सं. २०२६ सालमा जन्मिएका ५७ वर्षिय दवाडीले पर्यटन तथा नेपालमा सहाशिक खेलकुद विकासमा अग्रणी भुमिका खेल्दै आएका थिए ।नेपाललाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट पहिचान दिलाउन गठित नेपाल प्याराग्लाइडिङ संघका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रुपमा चार वर्ष कार्यकाल पुरा गरेका उनी नेपाल हवाई खेलकुद संस्था नांका समेत संस्थापक तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ गण्डकी च्याप्टर टानका पूर्व अध्यक्ष हुन् ।

उनकै सक्रियतामा माछापुच्छ्रे गाउँपालिकामा आमा प्रतिष्ठान नेपाल स्थापना भएको छ । उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।