अनेरास्ववियुको अध्यक्ष बने दीपक धामी


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०८२ मा प्रकाशित




नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा दीपक धामी चयन भएका छन् ।

संगठनको आज बसेको पदाधिकारी बैठकले डा। सुजन कडरियाले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले जानकारी दिए ।जेनजी प्रदर्शनका क्रममा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

बैठकपछि कडरियाले आफ्नो राजीनामा स्वीकृत गरेको भन्दै धन्यवाद दिएका छन् । उनले अब पार्टी जीवनमा पूर्ण समर्पणका साथ प्रवेश गर्ने बताउँदै, नेकपा एमालेको एक इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहने प्रतिज्ञा समेत गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।