विन्ध्येश्वरी आदर्श स्कुलमा नेपाली भाषा कौशल कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८२ मा प्रकाशित




पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नेपाली भाषा कौशल कार्यक्रम सम्पन्न भएको छ ।

मावि तहमा अध्ययन गर्ने विद्यार्थी सहभागी कार्यक्रममा रातो सदनबाट कक्षा १० मा अध्ययनरत छात्रा प्रशंशा कार्की, कक्षा ९ मा अध्ययनरत छात्र दिवस घिमिरे र कक्षा ८ मा अध्ययनरत छात्र विनायक गिरी प्रथम, निलो सदनबाट कक्षा १० मा अध्ययनरत छात्रा आयुष्का पाइजा, कक्षा ९ मा अध्ययनरत छात्रा एस्थर तामाङ र कक्षा ८ मा अध्ययनरत छात्रा उपासना रेग्मी द्वितीय भएका छन् ।

विजयी विद्याथीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रमको सञ्चालन नेपाली शिक्षिका तथा विद्यालय संयोजक माया क्षेत्रीले गरेकी थिईन भने सह–प्राचार्य नीलकण्ठ पौडेल र अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले सहजीकरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।