पोखराले पायो २२१ रनको विशाल लक्ष्य


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८२ मा प्रकाशित




पोखरा, मंसिर २

पोखरा एभेञ्जर्सले नेपाल प्रिमियर लिगमा अहिलेसम्मकै विशाल लक्ष्य पाएको छ । पोखरालाई विराटनगर किंग्सले २२१ रनको विशाल लक्ष्य दिएको हो । यो अघिल्लो संस्करणमा आफैले बनाएको १९३ रनको विशाल लक्ष्य विराटनगरले तोड्न सफल भएको हो । लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा विराटनगर किंग्सले पोखरासामु विशाल लक्ष्य प्रस्तुत गरेको हो ।

कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनायो । विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बल खेल्दै १ चौका र ७ छक्का मद्दतमा ७२ रन तथा न्युजिल्याण्डका मार्टिन गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित कुल ६१ रनको योगदान दिए ।

पोखराले केहिबेरपछि जवाफी व्याटिङ गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।