एमाले पनि निर्वाचनमा सहभागि हुन्छः प्रधानमन्त्री कार्की


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८२ मा प्रकाशित




प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सबै दल सहभागि हुने बिश्वास व्यक्त गरेकी छन् ।

काठमाण्डौंमा एक संचार माध्यमसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा रहेको नेकपा (एमाले) पनि अन्तिम समयमा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, अध्यक्ष केपी ओली नै छलफलमा सहभागी नभएपनि अन्य नेताहरुसँग बारम्बार छलफल भएको छ। निर्वाचनप्रति उहाँहरु सकारात्मक हुनुहुन्छ। राजनीति गर्ने दल निर्वाचनमा नआएर कहाँ जान्छ? प्रधानमन्त्री कार्कीले चुनाव निष्पक्ष र भय रहित बनाउन बिभिन्न दलहरुसँगको छलफल सकारात्मक रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री नियुक्त भएपछिको दुई महिनामा उल्लेख्य काम भएको बताउँदै उनले अबको साढे तीन महिना तयारी पूरा हुने विश्वास व्यक्त गरिन्। चुनाव शान्तीपुर्ण बनाउन सरकार प्रतिबद्ध रहेको दावी गदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भागेका गम्भीर अपराधका कैदीबन्दीहरु अधिकांश कारागार फर्किएको जानकारी दिईन् ।

प्रर्दशनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अप्रेशन चलाएको र अधिकांश हतियार फिर्ता भई सकेको पनि उनले उल्लेख गरिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।