फिस्टेल आईभिएफ एण्ड फर्टिलिटि सेन्टर दोश्रो वर्षमा प्रवेश


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०८२ मा प्रकाशित




फिस्टेल आईभिएफ एण्ड फर्टिलिटि सेन्टरले आफ्नो स्थापनाको पहिलो एक वर्ष सफलतासाथ पूरा गरेको छ ।

फिस्टेल आईभिएफले स्थापनाको एक वर्ष पूरा गरेको उपलक्ष्यमा वार्षिक प्रगति र आगामी लक्ष्यका बारेमा एक कार्यक्रम आयोजना गरी जानकारी दिएको छ । आधुनिक प्रविधि, अनुभवि चिकित्सक र सेवामा समर्पित टिमसहित निःसन्तानपनका बारेमा अन्तराष्ट्रिय सेवाहरु दिईरहेको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा अनु हिराचनले बताईन् । ‘निःसन्तानपनको समाधान सधैं आईभिएफ नै हुनुपर्छ भन्ने होईन । उनले भनिन्, तर प्रत्येक दम्पनीको समस्या फरक हुन सक्छ । यसको बारेमा हामी विशेषज्ञसंगै परामर्श गरेर समस्या पहिचान गरेरपछि उपचारको विधिमा जान्छौं । हामीले एक वर्ष सफलतासाथ पूरा गरेका छौं । ६० प्रतिशत उपलव्धि हाँसिल गरेका छौं । डा अनुले भनिन्, यो एक वर्षको उपलव्धिलाई सेल्ब्रेसन मात्रै हैन । आगामी दिनमा अँझैं सफलतालाई ६० प्रतिशतबाट माथि लैजाने हो ।’

सेवाको अनुभव सुनाउँदै उनले गण्डकी प्रदेश मात्र नभई काठमाडौं, लुम्बिनी, कर्णाली, युके, पोर्चुगल, पोल्याण्ड, हङकङ लगायतका देशबाट आएकाहरुले सेवा लिएको बताईन् । यस कार्यमा उनले डा राजिव लालचन, परिवार, फिस्टेल हस्पिटलका अध्यक्ष अशोक पालिखे, डाक्टरहरु, सिस्टर सबैको सहयोग मिलेको बताईन् ।

फिस्टेल अस्पतालका अध्यक्ष अशोक पालिखेले आईभिएफ खोलेको एक वर्षमा डा अनुसहितको टिमले उत्कृष्टता हाँसिल गरेकोमा निकै खुसि लागेको बताए । उनले यो उपलव्धिले हस्पिटलमा थप सेवाहरु थप्नका लागि उत्साहि बनाएको बताए । उनले भने, अब हामी दुई तिन हप्तामै हेयर ट्रान्सप्लान्टको सेवा सुरु गर्ने तयारी गर्दैछौं । ३९१ जनाको जाँच गरिएकोमा ९१ जनामा सफलता मिलेको र ३ वटा बच्चाको जन्म भईसकेका छन् । परिवारमा खुसि प्राप्त भएको छ । मेरो अपेक्षा छ अब फिस्टेल आईभिएफको सफलताको दर ७०, ७५ पुग्नेछ यसमा हाम्रो लागिरहेको छ ।

पालिखेले फिस्टेल अस्पताललाई हामीले अझै उन्नत बनाउने सोंचमा रहेको बताएका छन् । उनले पोखरा १४ मा १२ रोपनी जग्गा लिईसकेको र त्यहाँबाट विशेष अस्पतालको सेवा सुरु गर्ने लक्ष्यमा रहेको बताए । पोखरा वडा नं ४ का सदस्य प्रकाश कोईरालाले आफ्नै वडामा भएको फिस्टेल हस्पिटलमा निःसन्तानपनको उपचार र पाएको सफलता सबैका लागि खुसिको कुरा भएको बताए ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले सेवामा प्रविधि र भानविय भावना जोडिएको हुन्छ भन्दै सेवाको बिस्तार धेरै सामु र सबैको पहुँचमा पुगोस् भन्ने आशा व्यक्त गरे । पूर्व अध्यक्ष डा भाईरत्न शाक्यले फिस्टेल आईभिएफका लागि हामीले ३ वर्षको कसरत गरेको बताए ।

फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरको भगिनि संस्थाको रुपमा गतवर्षको मंसीर ३ गते फिस्टेल आईभिएफ स्थापना भएको थियो ।फिस्टेल आईभिएफ अन्तराष्ट्रिय स्तरको सेवाका लागि प्रतिवद्ध रहि अत्याधुनिक प्रविधिसहित स्थापना भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।