नेपाली कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा मंसिर १४ गते पोखरामा हुने


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, मंसिर ४

नेपाली कम्युनिष्ट पार्टीले मंसिर १४ गते आईतबार गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा गर्ने भएको छ । १२ दल मिलेर एकता गरेको सो पार्टीले गण्डकी प्रदेश स्तरीय एकता सभा पोखरामा गर्ने भएको हो ।

एकतापछि पार्टी संयोजक बनेको पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा प्रदेश स्तरीय एकता सभा पोखरामा गर्ने भनिएपनि स्थान खुलाइएको छैन ।

प्रदेश स्तरीय एकता सभा नेपाली कम्युनिष्ट पार्टीले सुदूरपश्चिमको धनगडीबाट शुरु गर्ने भएको छ । जुन सभा मंसिर १२ गते हुनेछ । हरेक दिन प्रदेश एकता गर्ने निर्णय गरेको सो पार्टीले मंसिर १३ गते लुम्विनी प्रदेशको दाङ जिल्लास्थित देउखुरीमा, मंसिर १५ गते कोशी प्रदेशको विराटनगरमा, मंसिर १७ गते उपत्यका विशेष प्रदेशको काठमाडौंमा एकता सभा गर्ने जनाइएको छ ।

त्यस्तै, मंसिर १८ गते कर्णाली प्रदेश स्तरीय एकता सभा सुर्खेतमा, मंसिर १९ गते संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौंमा, मंसिर २० गते मधेश प्रदेश स्तरीय एकता सभा जनकपुरमा, मंसिर २१ गते प्रवास प्रदेशहरुको संयुक्त भर्चुअल एकता सभा तथा मंसिर २३ गते वागमती प्रदेश स्तरीय एकता सभा हेटौंडामा गर्ने निर्णय भएको जनाइएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले प्रदेश कार्यालयको निर्णय अनुसार जिल्ला एकता सभा गर्न पनि निर्देशन दिएको छ भने मंसिर २९ गते देशभरका सम्पूर्ण स्थानिय तहहरुमा एकता सभा आयोजना गर्न भनेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।