डायमण्ड स्कूलमा खेलकुद कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०८२ मा प्रकाशित




पोखरा–२७, तालचोकमा रहेको डायमण्ड सेकेन्डरी स्कूलले वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गरेको छ।

कक्षा नर्सरीदेखि यु.के.जीसम्मका विद्यार्थी र अभिभावकले सहभागिता जनाएको कार्यक्रममा अभिभावकहरूका लागि ‘म्युजिकल चेयर’ तथा ‘बालकलाई बोकेर दौड’ (नर्सरी), छात्राका लागि ‘झोला प्याक अप गर्ने दौड’, छात्रहरूका लागि ‘ब्यालेन्स दौड’, साथै ‘आफ्नो बच्चा चिन्नुहोस् दौड’ र ‘मिठाई दौड’ (यु.के.जी) तथा ‘दाम दौड’ जस्ता आकर्षक खेलहरू सञ्चालन भएका थिए। खेलमा विजयी विद्यार्थी एवं अभिभावकलाई विद्यालयले पुरस्कार वितरण गरेको शिक्षक राजन परियारले जानकारी दिए ।

यसअघि कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यम बहादुर रोकाले बालबालिकाको सूक्ष्म शारीरिक सीपको अभिवृद्धि तथा समग्र दिगो विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पु‍र्याउने विचार व्यक्त गरे। यस कार्यक्रमले विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप सशक्त बनाएको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले बताए।अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङले विद्यालयले खेलकुदका लागि डायमण्ड रनिंग शिल्डको आयोजना गर्न लागेको जानकारी दिए ।

कार्यक्रमको संयोजन हरिमाया गुरुङ तथा कविता गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।