कास्की प्रहरीले लागू औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २६ कालिकाचोकमा लागू औषधको बिक्री बितरण भई रहेको भन्ने सूचनाको आधारमा खट्टिएको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पोखरा १, बगर बस्ने २८ बर्षिय मनोज श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि हरी बहादुर बस्नेतले जानकारी दिए ।
निज श्रेष्ठले चलाएको ग २५ प १९२१ को मोटरसाईकल रोकी चेकजाँच गर्दा प्लास्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने लागु पदार्थ १ दशमलव ३ ग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दश दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






