एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ रेजिना कटुवाल भएकी छन् । एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको एभरेस्ट मिडिया हाउसको पाचौं वार्षिकोत्सव कार्यक्रममा कटुवाल
‘बेष्ट स्टाफ अफ दी ईयर’ घोषित भएकी हुन् । एफएमले वर्षभरी काम गरेको आधारमा कटुवाललाई स्टाफ अफ दी ईयर घोषणा गरेको सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कटुवाल काम विशेषले पोखरा बाहिर रहेकाले वार्षिकोत्सव समारोहमा घोषणा मात्रै गरिएको थियो । उनलाई कुनै विशेष अवसर पारेर पुरस्कार प्रदान गरिने सम्पादक श्रेष्ठले जानकारी दिए । पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला र सम्मान पत्र छ ।
स्थापना कालदेखि नै एभरेस्ट एफएममा कार्यरत कटुवालले मातृ देवा भवः कार्यक्रम दैनिक रुपमा सञ्चालन गर्दै आएकी छन् भने उनी समाचार प्रस्तोता पनि हुन् ।
यसअघि यस पुरस्कारबाट प्राविधिक प्रमुख दिलप्रसाद गुरुङ, शशी पौडेल र जमुना तिमिल्सिना क्रमशः प्रथम, दोस्रो र तेस्रो वार्षिकोत्सवमा पुरस्कृत भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







