कास्की प्रहरीले लागू औषध सहित १ जना महिलालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ६ लेकसाईडमा लागू औषधको बिक्री बितरण भई रहेको भन्ने गोप्य सूचनाको आधारमा खट्टिएको कास्की प्रहरी र लागू औषध नियन्त्रण ब्युरोको टोलीले पोखरा २४ कास्कीकोट घर भई, लेकसाईड बस्ने २३ बर्षिया आन्सी परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि हरी बहादुर बस्नेतले जानकारी दिए ।
निज परियारको कोठा खान तलासी गर्दा लागू औषध डाईजापाम ३४ एम्पुल, फेनेरागन ३३ एम्पुल र ब्रुफिनुर्फिन ३४ एम्पुल गरी, जम्मा १ सय १ एम्पुल र मोवाईल १ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी परियारलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







