पोखरा बहुमुखीका विद्यार्थीले गरे शान्ति वन मुख्य सडकमा सरसफाइ


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०८२ मा प्रकाशित




पोखरा , १२ मङ्सिर

पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीले शुक्रबार शान्तिवन परिसर तथा वरपर सरसफाइ गरेका छन् । क्याम्पसको ३९ औं वार्सिकोत्सवको अवसरमा उनीहरुले क्याम्पस परिसरसहित शान्ति वन मुख्य सडक वरपर सरसफाइ गरेका हुन् । सो क्रममा उनीहरुले झाडी पन्छाउने र सर्वजनिक स्थानमा फालिएका फोहोर संकलन गरि पोखरा महानगर सरसफाइ शाखालाई हस्तान्तरण गरेका थिए ।

सफाइ कार्यक्रमका लागि विद्यार्थीहरुलाइ पोखरा महानगर स्वस्थ्य महाशाखाले सफाइ पञ्जा र सरसफाइ शाखाले फोहोर बोक्ने गाडी सहयोग गरेक थिए ।
सरसफाइ कार्यक्रममा ४० जना विद्यार्थी सहभागी भएको कार्यक्रमका संयोजक तथा उक्त क्याम्पसका प्राध्यापक स्मिता अधिकारीले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।