पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम ९पोखरा–जामुने० खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।
सडक आयोजना कार्यालयका अनुसारम्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन् । उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९।८९ र वित्तीय प्रगति ४७।८० प्रतिशत भएको छ ।
करिब ३० किलोमिटर दुईतर्फी ९चार लेन० र आठ किलोमिटर एकतर्फी ९दुई लेन० कालोपत्र भएको छ । पूर्वी खण्ड ९जामुने–मुग्लिन० को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







