महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए । यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ ।

जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्नेमा समेत उनले जोड दिए। महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एक जना लड्छौँ ।”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।