सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा आगलागी,२ नेपालीसहित ३ को मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८२ मा प्रकाशित




भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर बसमा आगलागी हुँदा ३ जना जिउँदै जलेका छन् ।

मृत्यु हुनेमा २ जना नेपाली नागरिक छन् । घाईते २४ जना मध्ये गम्भीर अवस्थाका ७ जना अस्पताल भर्ना भएका छन् भने बाँकी सामान्य उपचार पछि घर फर्किएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार बस नेपाल सीमा रुपन्देहीको सुनौलीबाट दिल्ली जाँदै थियो। बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको पाइएको छ ।

दुर्घटना आज बिहान कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवारिया बाइपासमा भएको हो।ट्रकसँग ठोकिँदै बस १०० मिटर परको हाई टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो। त्यसपछि पोल भाँचिएर बसमा खस्यो र भीषण आगलागी भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।