पोखरा लनर्स एकेडेमीको १९ औं वार्षिक खेलकुद प्रतियोगिता


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८२ मा प्रकाशित




पोखरा लनर्स एकेडेमीको १९ औँ वार्षिक खेलकुद सप्ताह सुरु भएको छ ।

पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले बेलुन उडाएर खेल सप्ताह सुरु भएको घोषणा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर बन्धु गौतमको अध्यक्षतामा भएको उद्घाटन सभामा प्रमुख अतिथि भण्डारीले विद्यार्थीको चौतर्फी विकासको लागि खेल अपरिहार्य हुने बताए । सहभागी विद्यार्थीलाई आकर्षक खेल खेल्न आग्रह गर्दै पुरस्कार जित्नु भन्दापनि अनुशासन सिक्नु ठूलो उपलब्धी हुने बताए । शिक्षक कृष्ण लम्सालले सञ्चालन गरेको सभामा गण्डकी विश्वविद्यालय उपप्राध्यापक आशिष आचार्य, सलुट गोर्खा प्रालिका अध्यक्ष राहुल पाण्डे, विद्यालयका संस्थापक प्राचार्य विधान गौतम लगायतले विभिन्न धारणा राखेका थिए ।

कार्यक्रमा सहप्राचार्य उष्णा गौतमले विद्यार्थीको गहना भनेको खेलकुद भएकाले सधै नियममा रहन आग्रह गरेकी थिइन् । शैक्षिक विभाग प्रमुख आदर्श घिमिरेले विद्यार्थीलाई भाग लिएको खेलमा निरन्तरता दिन आग्रह गरेका थिए ।शिक्षक सरस्वती पोख्रेलले स्वागत गर्दै जीवन परिवर्तनको लागि खेलले पहिचान बढाउने बताएकी थिइन् ।

विद्यार्थीहरुले तेक्वान्दोको काँता प्रदर्शन, नृत्य प्रदर्शन, बेलुन फुटाई लगायत अन्य खेलहरु खेलेका थिए । विभिन्न समुहमा विभाजन गरि खेलकुद प्रतियोगिता सुरु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।