नेपाली समाज टेक्सासमा शान्त गिरीको महिला उपाध्यक्षमा उम्मेद्वारी


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०८२ मा प्रकाशित




नेपाली समाज टेक्सासमा आगामी २०२६÷२७ का लागि नेतृत्व चयनको लागि उम्मेद्वारी दिनेको पनि चर्चा शुरु भएको छ ।

महिला उपाध्यक्ष पदकी उम्मेदवारका रूपमा प्रस्तुतः भएकी शान्त गिरीको चर्चा चलेको छ । धेरै सघर्षबाट उदाएकी गिरीको उम्मेद्वारीले झनै आकर्षणको थपेको छ । बहुआयामिक व्यक्तित्व, दीर्घ अनुभव, निरन्तर समाजसेवा, दृढ प्रतिबद्धता र संवेदनशील नेतृत्वदायी क्षमताका कारण उनको चर्चा चुलिएको हो ।

सक्षम नेतृत्व र समावेसी तथा एकताबद्ध समाज निर्माणमा उमेदवार प्रस्तुतः गरेकीे गिरी बागलुङमा जन्मेर पोखरामा लामो समय सघर्ष गर्दै हाल अमेरीकामा विगत ८ बर्ष देखि बिभिन्न क्षेत्रमा क्रियाशील हुँदै आएकी छन् । गिरी सानै उमेर देखि निडर स्वभावकी समाजमा हुने विकृति विसङगती बिरुद्ध आवाज उठाउदै विभिन्न सामाजिक तथा स्वास्थ्यको क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य क्षेत्र तथा सहकारी आन्दोलनमा सक्रिय रहँदै उनले आफ्नो क्षमताको परिचय मात्र गराईनन् अनेकौँ संस्थालाई प्रभावकारी रूपमा अघि बढाउन योगदान पनि दिदै आएकी छन् ।

नेपाली समाज टेक्सासमा उनी २०२२÷२३ मा कार्यकारी सदस्य र २०२४÷२५ मा महिला संयोजकका रूपमा अत्यन्तै सक्रिय भई आफ्नो जिम्मेवारी वहन गरेकी उनले त्यो कार्यकालमा महिला सहभागिता, समुदायिक कार्यक्रम, आपतकालीन सहयोग तथा समन्वयका कामहरूलाई प्रभावकारी बनाउन सफल भइन् । पारदर्शी तरिकाले काम गर्ने, सबैलाई समेट्ने र समावेशी नेतृत्व दिने शैलीले उनकोे भूमिकालाई अझै चर्चित बनायो। यही विश्वास र लोकप्रियताका कारण अहिले २०२६÷२७ का लागि उनले महिला उपाध्यक्षको उमेदवारको रुपमा प्रस्तुतः गरेकी हुन्।

बागलुङ समाज सहकारीकी अध्यक्षका रूपमा सहकारी प्रवद्र्धन र समुदायिक आर्थिक सशक्तीकरणमा उल्लेखनीय काम गरेकी गिरी क्यान्सर रिलिफ सोसाइटीकी सचिव हुँदा उनले क्यान्सर प्रभावित परिवारहरूको मनोवैज्ञानिक र सामाजिक सहयोगमा सक्रियता भूमिका खेल्नुका साथै यसबाट सुरक्षित रहन गरिने बिभिन्न तालिम, गोष्टी र सेमिनारहरूको आयोजना र सहभागिता रहेको थियो त्यस्तै, अन्तर समाज महासंघ, दशनामी समाज नेपाल तथा नेपाल माहुरी पालन महासंघमा केन्द्रिय सदस्यको रूपमा उहाँ लगातार संस्थागत विकास, नीति निर्माण र स्थानीय स्तरका क्रियाकलापमा अग्रसर रहेकी थिईन् । धेरै सङ्घ–संस्थामा फरक–फरक भूमिकामा रहेर काम गरेको अनुभव संहाल्नु भएको गिरी सशक्त, अनुशासित र परिणाममुखी नेतृत्व गर्न चाहानु भएको छ ।

व्यावसायिक जीवनमा पनि उनी उत्तिकै सफल छिन् । हेलन केयर नेपाल, लुथरन विश्व सेवा, पपुलेशन सर्भिस नेपालदेखि सेती अञ्चल अस्पताल, बुद्ध हस्पिटल र मणिपाल शिक्षण अस्पतालसम्मको काम गरेको अनुभव उनमा छ । केवल कागजी ज्ञान होइन, वास्तविक सेवा र स्वास्थ्य प्रणालीको क्षेत्रमा गहिरो अनुभव लिएकी गिरी स्वास्थ्य, महिला अधिकार, मानवअधिकारदेखि लिएर समुदायिक सशक्तिकरणसम्मका विषयमा प्राप्त दर्जनौँ तालिमहरूले उनको सीप र दक्षतामा थप मजबुती बनाइदिएको छ ।

पोखरामा सञ्चालनमा रहेको बि एण्ड बि क्लिनिक, हिमालयन मौरी खर्क र लघु आवास परियोजनामा प्रबन्ध सञ्चालिकाका रूपमा काम गर्दै उनले श्रम, लगन र व्यवस्थापन कौशलका माध्यमबाट सामाजिक–आर्थिक विकासमा योगदान पु¥याएकी छन् ।आगामी कार्यकालमा महिलाको सशक्त भूमिका, समुदायिक समन्वय र एकतामै बलियो समाज निर्माण गर्न उनले थप प्रभावकारी कार्ययोजना लिएर अघि बढ्ने दृढता व्यक्त गरिन् ।

नेपाली समाज टेक्सासमा नयाँ नेतृत्वको तयारी हुँदै गर्दा उनको उम्मेदवारीलाई समुदायका थुप्रै सदस्यहरूले आशा, भरोसा र सकारात्मक ढंगले हेरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।