पोखराका धार्मिक तथा सामाजिक व्यक्तित्व पार्वती लामिछानेको निधन भएको छ ।
पोखरा महानगरपालिका १९ घार्मी, गायत्री टोल निवासी ८६ बर्षिया लामिछानेको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि हृदयघातका कारण निधन भएको बताईएको छ । घार्मी लगायत त्यस आसपासको क्षेत्रमा धार्मिक तथा सामाजिक कार्यमा निकै योगदान पुर्याएकी लामिछानेको आजै सती नर्वदा गोस्ते शिवालय घाटमा अन्त्येष्टी गरिएको छ ।उनले हालसम्म पनि घार्मीमा रहेको गायत्री मन्दिरको संरक्षण गर्दै आएकी थिईन् ।उनको दिवंगत शरिरमा छोरा लेखनाथ लामिछानेले दागबत्ती दिएका थिए ।
यस अघि निवासबाट भएको शव यात्रामा सहभागिले स्वर्गीय लामिछानेको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गरी योगदानको स्मरण गरेका थिए ।लामिछानेका एक छोरा लेखनाथ र छोरी देवी पौडेल छन् । छोरा लेखनाथ पुर्व विद्यालय निरीक्षक, तत्कालिन समयमा लामाचौर स्रोत केन्द्रका स्रोत व्यक्ति भई लामो समय शिक्षा क्षेत्रमा सेवा गरेका हुन् । हाल समाजिक कार्यमा सक्रिय उनी गोस्तेघाट निर्माण समितिका सदस्य छन् ।
स्वर्गीय लामिछानेको शवदहनसँगै नवनिर्मित गोस्तेघाट पनि संचालनमा आएको छ । नागरिक स्तरबाट निर्माण गरिएको सो घाट आधुनिक र व्यवस्थित बनाईएको छ । रकम अभावका कारण घाट निर्माणले पुर्णता पाउन सकेको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






