विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     पौष ४ गते २०८२ मा प्रकाशित




पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

आधारभूत तहलाई केन्द्रित गरी आयोजना भएको प्रतियोगितामा कक्षा १ बाट सुप्रिम थापा र आयुषा तिमिल्सिना प्रथम, श्रेयान सुनार र सनम बराइली द्वितीय भए । कक्षा २ र ३ मा एञ्जिला थापा र इभानी बास्तोला प्रथम, साजिया क्षेत्री र क्रिस्टिना बस्याल द्वितीय तथा सुगम पौडेल र श्रेया सवाङ्गी मगर तृतीय भएका छन् । यसैगरी कक्षा ४ र ५को समुहबाट दिया क्षेत्री र युनिका खनाल प्रथम, युविना गुरुङ र दिप्सना विश्वकर्मा द्वितीय र सौगात हमाल र सायना बुद्धाचार्य तृतीय भएका छन् ।

विजयी छात्रछात्रालाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उनले विद्यार्थीहरुमा पढाईप्रतिको लगाव बढाउनका लागि साप्ताहिक रुपमा विविध कार्यक्रम संचालन गरिएको बताए । शिक्षक अनिता थापा र कुसुम तामाङले प्रतियोगी विद्यार्थीको मुल्यांकन गरेको कार्यक्रमको सञ्चालन शिक्षक सिर्जना आचार्यले गरेकी थिईन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।